हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।प्रदेश १ का एक वा दुई स्थानमा आज (शनिबार) हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारको मौसम पूर्वानुमान गर्दै महाशाखाले प्रदेश १ का पहाडी भू–भागमा सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने छ ।

प्रदेश २, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी प्रदेशमा सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । राति प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू–भागहरू साथै सुदूरपश्चिम प्रदेशका तराईका क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रका कारण देशका विभिन्न क्षेत्रको मौसममा बदली भएको महाशाखाले जनाएको छ ।-कमला भट्टराई

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार