हल्दिवारी – नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा आठौं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । । कतारमा रोजगारी गर्दै आएका नेपाली काङ्ग्रेस सग आवद्ध जनसम्पर्क समितिले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर समितिले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको थियोे ।

हमद हस्पिटलको ब्लड डोनेट सेन्टरमा भएको रक्तदान कार्यक्रममा कतारमा रहेका ६८ जना नेपालीहरुले रक्तदान गरेको कतारबाट हाम्रा सहयोगी मनोज कुमार शाहले जानकारी दिएका छ्न ।

कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेस जनसम्पर्क समिति केन्द्रीय विभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरु कतारमा स्थापित वैचारिक, सामाजिक, व्यवसायिक, सामुदायिक साहित्यिक संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको शाहले बताए ।

लामो समय देखि रक्तदान कार्यक्रम गर्दै आएको जन सम्पर्क समितिलाई मानव सेवामा पुर्याएको सेवाको कदर गर्दै हमद ब्लड सेन्टरले अवार्ड समेत प्रदान गरेको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार