हल्दिबारी न्यूज डेक्स- चन्द्रगढी।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्ने खुलाइएको छैन । मुख्यमन्त्री राईको हुनेवाली को हुन् त ? विवाहको प्रशंग आएपछि धेरैलाई कौतुहलता लागेको हुन सक्छ ? मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएको छ ।
स्रोतका अनुसार मुख्यमन्त्री राई सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग लगनगाँठो कस्न लागेका हुन् । ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हो । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । प्रेममा उमेर र वर्गले छेक्दैन भन्ने भनाइलाई मुख्यमन्त्री राई र ज्याङ्मुले चरितार्थ गरेका छन् । स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेममा थिए । विदेशमा राजनीतिज्ञ तथा सरकारी उच्चअधिकारीहरुले मोडल तथा सेलिब्रेटीहरुसँग विवाह गरेको थप्रै उदाहरण छ ।
अमेरिकाको वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकी दोस्रो पत्नी मेलनिया पनि एक चर्चित मोडल हुन् । अमेरिका र युरोपमा यस्ता थुप्रै उदाहरण छन् । तर, नेपालमा भने पहिलोपटक बहालवाला मुख्यमन्त्रीले मोडलसँग विवाह गर्न लागेको हुन् । यो नेपाली राजनीतिबृत्तका लागि सम्भवः पहिलो र नौलो हुनसक्छ । मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् ।
उनका बाबु–आमा भने अमेरिकामा छन् । मिस मंगोल नेपाल–२०१८’ उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको भनाइ छ । मुख्यमन्त्री राईले काठमाडौं र प्रदेश १ को राजधानी विराटनगरमा शुभचिन्तक, राजनीतिककर्मी, उद्योगी र कर्मचारीलगायतलाई भोज दिने तयारी गरेको बताइएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार