काठमाडौं, १३ फागुन l बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३ महाराजगंज बस्ने ४९ वर्षीय सुधिर श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको २०७७ पुस २९ गतेको फैसलाले २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका सुधिरलाई काठमाडौं ठमेलमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको प्रहरीले पक्राउ गरेको हो ।
सुधिरले २०७५ जेठ ७ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानी गर्नका लागि नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर भई उक्त सजाय भएको थियो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार