काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा भारी गिरावट आएको छ। बिहिबार नेप्से परिसूचक ४४.९४ अंकले घटेको हो। बजार २५५४.१३ विन्दुमा अडिएको छ।

परिसूचकमा गिरावट आउँदा कारोबार पनि कम भएको छ। बिहिबार ६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ। कारोबारमा आएका सबै समूह ओरालो लागेको छ। सबैभन्दा धेरै गिरावट आउनेमा जीवन वीमातर्फका कम्पनी रहेका छन्।

आज सबैभन्दा बढी कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको रहेको छ। बिहिबार यस बैंकको ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य भने आज ५ सय ४३ रुपैयाँ रहेको छ। दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ।

सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा वृद्धि भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार