– राज कुमार कार्की

वास्तवमा फ्री भिसा र फ्री टिकट पाउनु त आफैमा धेरै राम्रो कुरा हो। सत्ताको बागडोर समाल्नेहरु राम्रोसँग बिदेशीहारुलाई सम्झाउन बुझाउन नसक्नु भनेको के नेपाल कुटनैतिक रूपमा कम्जोर हो त ! सस्तो लोकप्रियताका लागि एकलौटी रुपमा कामदारको तलब आफैले नबढाको पनि त हैन।कामदार आफूले पैसा नतिरी जान पाउनु त राम्रो कुरा हो। सामाजिक अभियानता हु भनि आफूले आफूलाई एकलौटी रुपमा घोषणा गर्नु भनेको के बिना चालक अनुमति पत्रको गाडी चलाउनु जस्तो होइन र !

देशको नियम कानुन निदाएको हो कि ? कानुन हातमा जानीजानी लिएको हो कि त्यो कुरा थप अनुसन्धानको बिषय नबन्ला भन्न सकिन्न भबिस्यमा यस बिषयमा विद्यावारिधि गरेर आफ्नो नाउँको अगाडि डा. लेख्नेहरुको कमि नहोला। सरकारी कर्मचारीलाई कुर्सी बाट तानेर तल झार्छु भन्ने हुङ्कार पनि भयो भन्ने नसुनिएको पनि होइन। के यो मुलुकमा अराजकता छाएको नै हो त ? कागजमा मात्रै एकलौटी रूपमा लेख्ने सस्तो लोकप्रियतामा रमाउने आफूलाई बहादुरी घोषणा गर्ने चुनाव जित्ने सोचमा रहेका हाम्रो देशका शासक बर्गहरु सोचमा जबसम्म परिवर्तन आउदैन तबसम्म वैदेशिक रोजगारमा यथार्थता के हो भन्ने कुरा जनताले बुझ्न् सक्दैनन्।

एकलौटी रूपमा मलेसिया जाने कामदारको लागि मेडिकलहरु तोक्ने काम नभएका पनि त होइनन्।बिचरा मेडिकल व्यवसायीहरुलाई आफै मापदणड तोकेर नभएको पैसा ऋण गर्न बाध्य पारेर मापदणड पुरा गर्ने नाममा गरिएको कार्य के ठिक हो त ? यसरी एकलौटी रुपमा गरेको कार्यले मलेसिया बाट मान्यता पायो त ? फेरि यसरी देशको कानुन हातमा लिएर सिन्डिकेट बनाउनु भनेको देशको कानुनलाई ठाडो चुनौती दिएको भएन र ! खै यसको समिक्षा कहिले गर्ने कस्ले गर्ने ? फेरि अर्को गजबको कुरा परिक्षामा फेल हुने कलास चढ्ने देश पनि हाम्रो नै होला? बिश्वमा! असक्षम भएर जागीर बाट निकालीने तर उसले बनाएको नियम कानुन भने लागु हुने यसबाट कस्तो परिणाम आउला? मानौँ एउटा खराब शिक्षकले दिएको शिक्षा बाट भबिश्यमा कस्तो परिणाम आउला? आफूले मात्रै एकलौटी रूपमा घोषणा गर्दा हुने भए किन नेपाली रुपैयालाई अमेरिकी डलर घोषणा नगर्ने?

यो बिषयले पनि भबिश्यमा महत्व नपाउला भन्न सक्किन्न किन कि बोलिदिए मात्रै पुग्ने देश भनेकै नेपाल मात्रै होला संसारमा।बोल्दा मात्रै हुने भए यो सम्पुर्ण पृथ्वीलाई नेपाल देश घोषणा गरिदिए कसो होला? अर्को तर्फ गरीब तथा बेरोजगार व्यक्ति फ्री मा बिदेश जान पाउनु भनेको धेरै राम्रो कुरा हो।सरकारले फ्री भिसा फ्री टिकट घोषणा गर्नु भन्दा अगाडि पनि त केही हदसम्म फ्री भिसा टिकट ल्याएर व्यवसायीले पठाएको कुराको साक्षी इतिहास छ। के बिदेश स्थित रोजगारदाता कम्पनीहरु नेपाल बाट नेपाल सरकारले भने जस्तो मान्न बाध्य होलान् त! मानिदिए त धेरै राम्रो हुनेथियो हामी नेपालीहरुलाई। एकातिर बिदेशमा पेट्रोलियम पदार्थको भाउ बढ्दा नेपालमा पनि भाउ बढ्छ किन कि हाम्रो आफ्नो उत्पादन होइन। तर वैदेशिक रोजगारमा जानेहरूको लागि एकपटक दस हजार तोकेर सधै त्यही लागु हुनु कत्तिको न्यायोचित होला?

यस बारेमा भविष्यमा विद्यावारिधि गर्नेहरुको कमि नहोला भन्दैछ्न वै रो का पण्डितहरु। यसरी नेपाली वैदेशिक रोजगार व्यवसायीहरुले अरु देशहरु सँग प्रतिस्पर्धा गरेर भिसा ल्याउनु पर्ने हुन्छ त्यो पनि आफ्नै निजि प्रयास बाट बजार प्रबर्द्धन गर्न अर्थात मार्केटिङ गर्न बिदेश जानै पर्यो खर्च त पक्कै पनि होला त्यसमा साथै नेपालमा कार्यालय पनि खोल्नै पर्यो कर्मचारी व्यवस्थापन गर्नै पर्यो यो सब गर्न के रु दस हजारले प्रयाप्त छ त ? सरकार आफू पैसा लिएर बिदेश पठाउने तर प्राइभेट मेनपावर कम्पनीहरुलाई फ्री लाद्ने यो न्यायोचित छ त ? समग्र प्रश्नहरुको उत्तर कहाँ कहिले खोज्ने कस्ले दिने कहाँ पाउने। धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार