नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग उपाध्यक्ष तथा पार्टी एकता अभियानका संयोजक बामदेव गौतमले भेटवार्ता गरेका छन् । भेटवार्तामा उपाध्यक्ष गौतमले पार्टी एकताको प्रस्ताव राखेको उनको सचिवालयले जनाएको छ । साथै गौतमले राजीनामा दिएर जारी गतिरोध हटाउन पनि ओलीलाई आग्रह गरेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो २ः३० बजे अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच छलफल भएको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले जानकारी दिए । उनीहरुबीच करिब एक घण्टा छलफल भएको उनले जानकारी दिए ।

‘हिजो विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको थियो, आज अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गर्नुभयो, छलफलमा पार्टी एकताको प्रस्ताव उहाँले दुवै अध्यक्षसँग राख्नुभएको हो’ स्वकीय सचिव टमटाले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार