काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समूहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्रीले राजिनामा नदिने दावी गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा पोखरेलले प्रधानमन्त्रीले केपी शर्मा ओलीले कुनै पनि हालतमा राजिनामा नदिने दावी गरेका हुन्। सडकमा केहि व्यक्तिहरु राजिनामा माग्दै हिँडेको भरमा ओलीले राजिनामा नदिने उनको भनाई छ। प्रधानमन्त्री ओली लोकतन्त्रमाथि विश्वास राख्ने व्यक्ति भएको पनि उनले बताए।

“केपी ओली लोकतन्त्रमाथि विश्वास राख्नुहुन्छ। सडकमा भुस्याहा कुकुरझैँ कराउँदैमा ओलीले राजीनामा दिनुहुन्छ भन्ने नसोचे हुन्छ।”,उनले भने,”प्रधानमन्त्रीले राजिनामा दिनुहुन्न”

पोखरेलले नेकपा प्रचण्ड-माधव पक्षलाई हिम्मत भए अविश्वासको प्रस्ताव लिएर आउन चुनौती पनि दिएका छन्। अविश्वासको प्रस्ताव सामना गर्न ओली तयार रहेको उनले बताए।

“हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउ, प्रधानमन्त्री केपी ओली त्यसको संसदमा डटेर सामना गर्त तयार हुनुहुन्छ। हामी संसद् बोलाउँछौँ, कसको हिम्मत छरु अविश्वासको सामना गर्दा के परिणाम आउँछ त्यसलाई स्वीकार गछौँ।”,उनले भने।

अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले सर्वोच्च अदालतको निर्णयले मुलुकको राजनीतिलाई पुरानै फोहोरी खेलमा धकेलेको बताए। अदालतको निर्णय हामी कार्यान्वयन गर्ने भएपनि सर्वोच्च अदालतको निर्णय नै सबै भन्दा ठूलो कुरा नहुने उनले बताए। सबैभन्दा ठूलो अदालत जनता रहेको उनको भनाई छ।

उनले भने,”अदालतको निर्णय हामी कार्यान्वयन गछौँ। तर, सर्वोच्च अदालतको निर्णय सबैभन्दा ठूलो होइन। सबैभन्दा ठूलो अदालत भनेको जनता नै हो।”

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार