-लेखक : राज कुमार कार्की

वास्तवमा फ्री भिसा फ्री टिकट सुन्दा आफैमा नराम्रो चाहिँ होइन।फ्री भन्ने बित्तिकै त्यसै पाएको हो त्यति राम्रो नहुन सक्छ भन्ने सोच हामी नेपालीमा हुनसक्छ।किन कि हाम्रो सोचमा फ्री भन्ने पछि नराम्रो वा बढी भएर दिएको भन्ने सोच पलाउन सक्छ। वास्तवमा त्यसो नहुन सक्छ । सरकार भन्ने बित्तिकै अभिभावक भन्ने बुझिन्छ।उ प्रति आशा जाग्नु पनि स्वभाविक नै हो किन कि उ हामी सबैको अभिभावक हो।

अभिभावक साझा हुन्छ र सबै प्रति बराबर दृष्टि राख्छ भन्ने बिश्वास हामी सबैमा छ र हुनुपर्छ। नि:शुल्कमा त आफ्नै बारीको गोलभेडा पनि त प्राप्त गर्न हामीले सकेका छैनौ।किनकि बिना लागानी बिना मेहनत त्यो पनि त प्राप्त भएको छैन ।प्राइभेट कम्पनीहरुलाई आफूले आफ्नो निजि लगानीमा ल्याएको चिज सरकारले फ्रीमा दे भनि रहदा कति न्यायोचित होला यस बिषयमा पनि विद्यावारिधि गर्नेहरुको कमि नहोला भविष्यमा।हामीले सरसरती हेर्दा कसैले आफ्नो व्यक्तिगत मेहनत लगानी गरेर प्राप्त गरेको चिजलाई फ्रीमा दिनुपर्छ भन्दा कत्तिको न्यायोचित होला? यहाँ निर प्रश्न चिन्न खडा हुनु स्वभाविक नै हो। राज्यले प्रत्येक वर्ष दैनिक खर्च गर्नलाई होस वा विकास निर्माणका लागि होस बजेट छुट्याउदछ अनि त्यस पछि मात्र पैसा खर्च गर्छ।त्यस विषयमा बिच – बिचमा समिक्षा पनि गर्दछ।जसरी देशको बजेट अनुमानित हिसाबले बनाउदछ त्यसै गरेर वैदेशिक निति नियम अनुमानित भरमा बनाउदा हास्यास्पद कुरा भन्दा के हुन सक्ला! एकपटक बनाएको वैदेशिक रोजगार ऐन नियम पनि त समय सापेक्ष परिवर्तन हुनु आवश्यक छ कि छैन ?

यहाँ नीर ठूलै प्रश्न चिन्न खडा हुन्छ। सरकारले स्थायित्व नलिने लिन नदिने रोग त हाम्रो लागि नौलो विषय बस्तु भने होइन।सरकार चलाउनेहरुले नियम कानुन बनाउदा त्यस बाट दूरगामी असर के पर्दछ भन्ने कुराको हेक्का नराख्नु समय- समयमा समिक्षा नगर्नु के लाजमर्दो विषय होइन र? ठूला -ठूला कुराहरू जनताको बल बाट परिवर्तन नभएका भने होइन ।चाहे सात सालको , छयालिस सालको होस, बैसठ्ठी त्रिसट्ठीको जन आन्दोलन होस वा भर्खरै मात्र प्राप्त गरेको उपलब्धि नै किन नहोस्। अकाट्य कुरा नै किन नहोस् संसारमा परिवर्तन नभएको इतिहास कतै छैन।जनताले चाहे भने इतिहास परिवर्तन गर्न सामर्थ्य राख्दछ्न भने जाबो मान्छेले बनाएको नियम कानुन त परिवर्तन नहुने कुरै भएन। आफ्नो अधिकार मात्रै खोजी रहदा कर्तव्य को ख्याल भने किन हुदैन हाम्रा शासक बर्गमा। शासक भनेको के घुम्ने मेच माथिको अन्धो मान्छे जस्तो नै होत ? के धृतराष्ट्र जस्तो नै हो त ?

आँखा त देख्दैन थिए तर कान पनि कम सुनेको बहाना गर्दथे पारिवारिक निजी स्वार्थका लागि।हाम्रो सरकारको भुमिका पनि के त्यस्तै मिल्दोजुल्दो नै हो त! कुनै मान्छे डाक्टरकोमा म बिरामी भए भनेर जान्छ भने डाक्टरले अनुमानको भरमा अप्रेसन गर्दछ भने त्यस बाट के परिणाम आउला हामी त्यसको सहजै अनुमान लगाउन सक्छौ। जब कुनै घरको परिवार खाना चोरी गर्न थाल्यो भने बुझ्नु पर्द्छ कि उसको पेट भरिएको रहेनछ त्यसैले चोरी गर्यो भन्ने हेक्का नराख्नु त्यो बाबु आमाको ठूलै भूल हो।

राज्य जब छापामार शैलीमा मेनपावर कम्पनीमा उपस्तिथि हुनु भन्दा पहिला रोग किन लाग्यो यसको दीर्घकालीन उपचार के हुन सक्छ किन सधै यस्तो भैरहेकोछ त्यो कुरा पत्ता लगाए र स्थाइ समाधान खोज्नु नै उचित बाटो हुनेछ। संसारमा अपरिवर्तन भन्ने त्यस्तो अकाट्य कुरा के हुन सक्छ ? त्यसैले समय सापेक्ष देश काल परिस्थिति अनुसार वैदेशिक रोजगार ऐन नियम पनि परिवर्तन हुनु आजको अनिवार्य आवश्यकता हो र हुनुपर्छ। धन्यवाद ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार