काठमाडौ। कोरोना भाइरसको संक्रमणको ‘दोस्रो लहर’ बढेसँगै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले शैक्षिक संस्थाहरु तीन साताका लागि बन्द गर्न प्रस्ताव गरेको छ ।

उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा सिंहदरवारमा आज ९शनिबार० बसेको बैठकले संक्रमण बढी भएका स्थानहरुका विद्यालय तथा कलेजहरु कम्तिमा ३ सातासम्म बन्द गर्ने प्रस्ताव गरेको हो ।यसैबीच सीसीएमसीले कोरोना भाइरसको नयाँ प्रजातिको जोखिम कम गर्न विभिन्न ११ बुँँदे स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने भएको छ ।

सीसीएमसीको बैठकले पारित गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट अनुमोदन भएपछि नयाँ मापदण्ड लागु हुने बताइएको छ ।विद्यार्थी र शिक्षकहरु कारोना भाइरसको नयाँ प्रजातिको उच्च जोखिममा रहेकाले सीसीएमसीले शैक्षिक संस्था बन्द गराउनका लागि प्रस्ताव गरेको हो ।

काठमाडौं, पोखरा लगायतका ठाउँ र केही विद्यालय तथा कलेजमा एस जिन नेगेटिभ (बेलायतको नयाँ भेरियन्ट)को मात्रा बढेको र विद्यालय जाने उमेर समूहमा पनि संक्रमण बढी रहेकाले त्यस्ता स्थानमा अनलाइन माध्यमबाट पठनपाठन सञ्चालन गर्न डिसिसिएमसी (जिल्ला कोभिड नियन्त्रण केन्द्र)हरुले व्यवस्था गर्ने भएका छन् ।

सपिङ मल, रेस्टुरेन्ट, नाचघर, हिल्म हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ ।रात्रिकालीन व्यावसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरी एउटा स्थानीय तहबाट अर्कोमा जरुरी काम नपरेसम्म आवागमन नगर्ने निर्णय समेत सीसीएमले गरेको छ ।

बैठकमा उपस्थित विज्ञले नाइट क्लब, सिनेमा घर, शैक्षिक संस्था, तरकारी बजार, सार्वजनिक बसपार्कजस्ता भिडभाड हुने क्षेत्र बन्द गर्न सुझाव दिएका छन् ।तर सरकारले अहिले नै पूर्ण रुपमा बन्द गर्ने वा नगर्ने निर्णय गरेको छैन । बैठकले सहरी र बजार क्षेत्रका शैक्षिक संस्था भने कम्तिमा तीन साता बन्द गर्ने प्रस्ताव अघि बढाइएको छ ।

भारतका विभिन्न सहरमा कोरोना भाइरस संक्रणको दोस्रो लहर देखिएसँगै नेपाल भित्रिनेलाई सीमानाकामा स्थानीय प्रशासनले कडाइ गरेका छन् ।भारतमा संक्रमणको त्रास बढेपछि विभिन्न कामले त्यहाँ पुगेका नेपाली स्वदेश फर्कने क्रम बढेको सीमानाकाका स्थानीय तहले बताएका छन् ।नेपालवाच

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार