काठमाडौं । देशभर शनिबार ३३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३२ जनाको नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ ।

जसमध्ये गत २४ घण्टामा १५१ सहित २ लाख ७३ हजार ८८६ जना निको भएका छन् । यस्तै थप एक जनासहित कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३९ जनाको मृत्यु भएको छ ।

शनिबार थपिएका संक्रमितमध्ये १४१ जना काठमाडौं उपत्यकाका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा ११६, ललितपुरमा २० र भक्तपुरमा ५ जना संक्रमित थपिएका छन् । यस्तै चितवनमा ३३, बाँके र रुपन्देहीमा २०र२०, पर्सामा १२, मोरङमा १०, नवलपरासी पूर्वमा ९ तथा झापा, दाङ र कैलालीमा ६र६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार ८ सय रहेको मन्त्रालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार