सर्लाही : ३१ वैशाख-सर्लाही ईश्वरपुर नगरपालिका९४ सागरनाथस्थित जंगलबाट ३ थान भरुवा बन्दुक र १ बट्टा बन्दुकमा प्रयोग हुने बारुद सहित सोही ठाउँ ५२ वर्षीय रण बहादुर गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित सागरनाथ जंगलभित्र गोले सहित ५ जना व्यक्तिहरु सिकार गरिरहेको अवस्थामा प्रहरी चौकी फुलजोरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ भरुवा बन्दुकबाट फायरिङ गरेपश्चात प्रहरीले समेत जवाफी हवाई फायर गरी उनीहरुमध्ये रणबहादुरलाई उक्त हातहतियार र प्रदेश नम्बर-२–०२-०३२ प २५२२ र बीआर ३० यू ४६७७ नम्बरको मोटरसाइकल र मरेको निल गाई सहित पक्राउ गरेको हो । हाल फरार रहेका अन्य ४ जनाको प्रहरीले खोजी गरिरहेको छ । निलगाईलाई सागरनाथ वन परियोजना कार्यालयलाई बुझाइएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका९५ जंगलस्थित भित्री सडकबाट १ थान भरुवा बन्दुक, सोमा लाग्ने फलामको बल र २५ ग्राम बारुद जस्तो देखिने कालो धुलो बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

अस्थाई प्रहरी पोष्ट माईस्थानबाट गस्तीमा खटिएको टोलीलाई देख्नासाथ प्र.२-०२-००२ प ५३५७ नम्बरको स्कुटरका चालकले स्कुटर सहित झोला फाली फरार भएपछि स्कुटर र झोला जाँच गर्दा उक्त हतियार फेला पारी बरामद गरेको हो । फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार