काठमाडौं – नेकपा एमालेका सांसद तथा पुर्वमन्त्री महेश बस्नेतले नेपाली काँग्रेस शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अझै पनि एमाले फुटाउन खोजीरहेको बताएका छन्। ​एक अन्र्तवार्तामा बोल्दै सांसद बस्नेतले देउवा र प्रचण्डले जुनसुकै हथकण्डा अपनाएर भएपनि एमाले फुटाउने प्रयास गरीरहेको आरोप लगाए।

‘एमाले फुटाउन उनीहरुले जस्तोसुकै अपराध गर्न सक्छन्,’ सांसद बस्नेतले भने, ‘प्रचण्डले अझै पनि माधव कुमार नेपालजीलाई फकाउन खोज्दै हुनुहुन्छ।’ प्रचण्डले माधवलाई प्रयोगमात्र गर्न चाहेको दावी गर्दै थपे, ‘बलीको बोकोलाई पहिला पुजा गर्दै सिङमा धुपबत्ती गरेर काटिन्छ। प्रचण्डले माधव कमरेडलाई पनि त्यहि बलीको बोको बनाउन खोज्नुभएको हो।’

सांसद बस्नेतले एमालेभित्र देखिएका बिवादहरु समाधान हुने बताए। ‘पार्टीभित्र देखिएका समस्या समाधान गर्न अध्यक्ष केपी ओलीले सबैलाई समेटेर लैजानुहुन्छ,’ उनले भने, ‘सबैले उचित भुमिका पाउनेछन्।’ सांसद बस्नेतले पुर्व माओवादीका नेताहरुलाई समेत उचित व्यवस्थापन गरेर पार्टी अघि बढ्ने दावी गरे।

सांसद बस्नेतले सरकार पाँच वर्ष नै टिक्ने दावी गर्दै बजेटपछी जसपा पनि सरकारमा सामिल हुने दावी गरे। साथै आगामी चुनावमा स्पष्ट बहुमतका साथ एमाले पहिलो दल बन्ने समेत उनले ठोकुवा गरे।

‘७१ वर्षपछी पहिलो पटक कुनै सरकार पुरा पाँच वर्ष टिक्दैछ। त्यसपछी नेकपा एमालेले फेरी स्पष्ट बहुमतकासाथ चुनाव जित्नेछ,’ बस्नेतले भने।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार