हल्दिवारी गाउँपालिका २ नम्बर वडाले ” सडक तथा गाउँ वस्ती उज्यालो ” कार्यक्रम अनुसार वडाका मुख्य सडक ,गाउँ वस्ती लाई लक्ष्यित गरि सडक बत्ती जडान शुरु गरेको छ ।

वडा अध्यक्ष राजेन्द्र योङहाङका अनुसार १६ किलोमीटर सडक क्षेत्रमा २६६ वडा सडक बत्ती जडान भइ रहेका छ्न । उनका अनुसार २-४ दिनमा मुख्य सडक बजारमा उज्यालो छाउने छ ।

विद्युत प्राधिकरणसंग सम्झौता गरि सडक बत्ती जडान गरिएको हो । वडाका २६६ पोलमा सडक बत्ती बल्ने छ भने आगामी बर्ष बाकी १५ किलोमिटर क्षेत्रमा पनि बत्ति बाल्ने योजना रहेको योङहाङले बताए।

वडाको १४ लाख तथा ३ लाख ४१ हजार ३३५ रुपैया जनश्रमदानबाट उज्यालो हल्दिवारी बनाउने काममा वडा अध्यक्ष योङहाङ सक्रिय रहेको सडक बत्ती जडान उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र फागोले बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार