हल्दिवारी ,४ असार । झापाको हल्दिवारी गाउँपालिका -१ का १२ उत्कृष्ट महिला उधमीलाई आज उनीहरुको घर घरमा पुगेर वडा अध्यक्ष त्रिलोचन सापकोटा सहितको जनप्रतिनिधि – कर्मचारी तथा सञ्चार कर्मी सहितको टोलिले सम्मान गरेको छ।

वडा अध्यक्ष सापकोटाका अनुसार ” महिला शसक्तीकरण “ कार्यक्रम अन्तरगत व्यवसायी महिला उधमी मध्यबाट वडाका १२ महिला आमा दिदिबहिनीको पहिचान गरि सम्मान पत्र र ७ हजार ५ सय बराबरको सहयोग सहित प्रोत्साहन स्वरुप सम्मान गरिएको हो ।

कोभिड -१९ का कारण उनीहरुको घरमै पुगेर सम्मान गर्ने निर्णय अनुसार वडा अध्यक्ष त्रिलोचन सापकोटा ,वडा सदस्यहरु मनोज पोखरेल ,सरिता न्यौपाने ,वडा सचीव छवि कला राई तथा संचार कर्मिहरुको उपस्थित रहेको थियोे ।

सम्मानित हुने आमा दिदीबहिनीहरुको व्यवसाय तथा नामावली देहाय बमोजिम रहेको छ।

१. बरमेली बाख्रा फर्म – गोमादेवी खरेल

२. पिङ चोक ढाका उधोग – माया खालिङ राई

३. खाडी ढाका उत्पादन – लक्ष्मी न्यौपाने ४.

योङ्हाङ सुगुर पालन उद्योग – शर्मिला थेबे

५. योजना बाख्रा पालन – कमलादेवी ( कोइराला ) न्यौपाने

६ . सुरुवात कृषि फर्म – भक्ती माया भट्टराई ७.

गिता ढाका उद्योग – सीता देवि राई

८ . टि. एन्ड . बि कृषि फर्म – भुमाया बास्कोटा

९. एकता कृषि समुह – सुनिता लिम्बू

१०. उप्रेती आर्गानिक कृषि समुह – देविमाया उप्रेती

११. मोक्तान बङगुर फर्म – प्रमिला तामाङ

१२. प्रगति बोयर फर्म – रुपादेवी पराजुली

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार