हल्दिवारी – झापा । कोरोनाभाइरस संक्रमण दल बढ्दै गएकाले झापाको दमक नगरपालिका र बिर्तामोड नगरपालिकाले एक साताका लागि कडा निषेधाज्ञा आदेश जारी गरेको छ ।

गृहमन्त्रालयसहित स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाउँदै लैजाँदा कोरोना संक्रमण दर बढ्न थालेपछि झापाका यी दुई स्थानीय तहले निषेधाज्ञा जारी गरेको हो ।

कोरोना संक्रमण फेरि बढेको भन्दै दमक नगरपालिकाले कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि साउन ११ गते विहान ४ बजेदेखि साउन १७ गते मध्यराति १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा गरेको हो । त्यस्तै बिर्तामोड नगरपालिकाले साउन १३ गते बुधबार रातको १२ बजेदेखि लागू हुने गरि एक साताको लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।

दमक नगरपालिकाले अत्यावश्यकीय काममा बाहेक घरबाहिर निस्कन रोक लगाइएको छ । नगरपालिकाबाट अनुमति नलिई घर बाहिर निस्किएमा कारबाही हुने बताएको छ । सबै किसिमका व्यापार, व्यावसाय, उद्योग कलकारखाना, शिक्षण संस्था, सम्पूर्ण वित्तीय संस्था, सावारी साधन पूर्णरुपले बन्द हुने जानकारी दिएको नगरपालिकाले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न पनि आग्रह गरेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार