हल्दिवारी ,झापा । झापाको हल्दिवारी गाउँपालिकामा हिजो एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

उनका अनुसार साउन महिनामा मात्र ९९ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोनाको दोस्रो लहर शुरु भए यता हल्दिवारी गाउँपालिकामा मात्र ५५० भन्दा बढीमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै १० जनाको कोरोना संक्रमणकै कारण ज्यान समेत गएको छ । स्वास्थ्य शाखा प्रमुख निरौलाका अनुसार हाल २ जना जटिल संक्रमण भएका लाई हल्दिवारी को आईसोलेसन केन्द्रमा राखेर उपचार गरिदै छ भने ७० जना होम आइसोलेसनमा उपचाररत रहेका छ्न ।

हल्दिवारीमा लक डाउनको उल्लंघन बडे संगै कोरोना संक्रमण पनि समुदाय स्तरमा व्यापक रूपमा बडेको छ । व्यापार- व्यवसाय बन्द गर्ने जिल्ला प्रशासन कार्यालयको निर्णय लाई समेत यहाका व्यापारीले चुनौती दिदै पसल हरु संचालन गरेपछि समुदाय स्तरमा कोरोना संक्रमण व्यापक रूपमा बड्न गएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार