काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानमा द्वन्द्व बढीरहेकोले त्यहाँका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले अफगानिस्तानबाट नेपाली ल्याउन सरकारले चासो नदेखाएको आरोप लगाए । उनले अफगानिस्तानमा अलपत्र रहेका नेपालीहरुलाई तत्काल उद्धार गर्न माग पनि गरे ।

उनले भने ( ुनेपालीहरुको मन दुखेको छ । सबै देशले आ–आफ्ना नागरिकको उद्धार गरिरहेको छ । नेपालीहरु ल्याउने काम सरकारले गर्छकी गर्दैन । यो निकम्मा सरकाले गर्न सक्छकी सक्दैन । नेपालीहरुको जीउ ज्यान जोगाउन सक्छकी सक्दैन । तुरुन्त नेपालीहरुलाई अफगानिस्तानबाट रेस्क्यु गरेर ल्याउने काम गरोस् । होइन भने यो सरकार नालायक छ भनेर यो सांसदमा जोडदार माग गर्न चाहान्छौं । सरकारलाई काम गर्न दिदैनौुं

यस्तै उनले अफगानिस्तानबाट नेपाली नफर्किएसम्म सरकारले संसदमा काम गर्न नसक्ने चेतावनी दिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार