नेपाली कांग्रेसको १४औं केन्द्रीय महाधिवेशनमा स्वतः प्रतिनिधि बन्न पाउनुपर्ने माग राखेर सामूहिक राजीनामा दिएका २२ जना आमन्त्रित केन्द्रीय सदस्यको बैठक बस्दैछ। बैठक १२ बजे बस्ने भएपनि स्थान भने तय नभएको राजीनामा बुझाउने आमन्त्रित केन्द्रीय सदस्य मध्येका एक किरण पौडेलले जानकारी दिए। उनका अनुसार अमेरिकामा रहेका आनन्द विष्ट बाहेकका अन्य २१ जना बैठकमा उपस्थित हुने छन्।

शुक्रबार राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्यको राजीनामालाई सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका छन्। आमन्त्रित केन्द्रीय सदस्यलाई विधानमा अधिकार संकुचित गरिएको भन्दै उनीहरुले राजीनामा दिएको बताइएको छ।

पार्टीको विधान संशोधन गर्ने क्रममा केन्द्रीय सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुन पाउनुपर्ने र पाउनुहुन्न भन्ने विवाद भएको थियो। लामो रस्साकस्सी पश्चात् तल्लो तहबाट निर्वाचित नभइकन केन्द्रीय सदस्य महाधिवेशन बन्न पाउनुपर्ने प्रावधान राखिएको थियो। आमन्त्रित केन्द्रीय सदस्यले सोही अनुसारको सुविधा खोजेका छन्।

‘विधानले सबै तहको समान व्यवस्था गर्ने गरी व्याख्या गरियोस्, केन्द्रीय समितिका पधाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगरपालिका सभापति, वार्ड सभापतिसमेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वत प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस्,’ सामूहिक राजीनामा पत्रमा भनिएको छ।

देउवा पटकपटक गरि थपेका आमन्त्रित केन्द्रीय सदस्यमा अधिकांश अन्य दलबाट आएका छन्। त्यसमध्ये केही आमन्त्रित सदस्यमा देउवाले आफू निकटलाई बनाएका थिए। राजीनामा बुझाउने कुमार खड्का गण्डकी प्रदेशका मन्त्रीसमेत हुन्। आमन्त्रित केन्द्रीय सदस्य थप्दा वरिष्ठ नेता रामचन्द्र पौडेलले पक्षले आपत्ति जनाएको थियो। उनीहरुको मागअनुसार सुनुवाइ भए देउवा पक्ष नै बलियो हुनेछ। देउवा उनीहरुको मागमा सकरात्मक छन्। वरिष्ठ नेता पौडेलले भने उक्त मागको विरोधमा छन्।

राजीनामा बुझाउनेहरुः
१. कुमार खड्का
२. बालकृष्ण पाण्डेय
३. किरणराज शर्मा पौडेल
४. सुधीरकुमार शिवाकोटी
५. ध्रुव वाग्ले
६. शम्भुलाल श्रेष्ठ
७. मोहनसिंह राठौर
८. आनन्द विष्ट
९. जनकराज कलौनी
१०. कृष्णकिशोर घिमिरे
११. मनोहरनारायण श्रेष्ठ
१२. भूमिबहादुर (विश्व) गुरुङ
१३. राजेश बहादुर सिंह
१४. रमा कोइराला पौडेल
१५. दयाराम पाण्डे
१६. गोपालकुमार बस्नेत
१७. दिलीप राई
१८.अभिषेख प्रताप शाह
१९. नरेन्द्रकुमार चौधरी
२०. हसन अन्सारी
२१. नन्दनकुमार दत्त
२२. आशाराम चौधरी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार