मोरङ । १६ वर्षीया सुस्मिता ऋषिदेव मोरङको बुढीगंगा गाँउपालिकाको एक दिने गाउँपालिकाको प्रमुख बनेकी छिन् । ५७औं राष्ट्रिय बाल दिवसको अवसरमा गाँउपालिकाका अध्यक्ष बालचन्द्र माझीले उनलाई एकदिने अध्यक्षको जिम्मेवारी लिखित रुपमै हस्तान्तरण गरेका हुन् ।
बुढीगंगा–२ की सुस्मितालाई आर्थिक र प्रशासनिक अधिकार बाहेक सांकेतिक रुपमा अध्यक्षको जिम्मेवारी दिएर बालदिवस मनाइएको हो । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सुस्मिताले पद बहाली गरेकी हुन् ।

पद वहाली लगत्तै उनकै अध्यक्षतामा गाँउपालिकाको कार्यपालिका बैठक समेत बसेको थियो । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा एकदिने आफ्नो कार्यभार हस्तान्तरण गर्दै बुढी गंगा गाँउपालिकाका अध्यक्ष माझीले बालवालिकालाई स्थानीय तहको काम कर्तव्य र अधिकारका बारेमा जानकारी हुुनुका साथै व्यावहारिक ज्ञान पनि हुने भएकाले यस्तो अभ्यास गरिएको बताए ।

गाउँपालिकाको एक दिनको लागि अध्यक्ष हुन पाउनु एउटा अवसर रहेको सुस्मिताले बताएकी छन् । उनले वाल दिवसको अवसरमा आफूले एकदिन गाँउपालिकाको अध्यक्ष भएर सो पालिकाका बालिबालिकाको निम्ति ५० हजार बजेट छुट्याउने, सबै पूर्वाधारलाई बालमैत्री बनाउने र बालविवाह रोक्न पहल गर्ने निर्णय समेत गरेको बताइन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार