सरकारले भूमि आयोग गठन गरेको छ । यसअघिको आयोग खारेज गरेको सरकारले मंगलबार केशव निरौलालाई अध्यक्षमा नियुक्त गरेको हो । निरौलाले आफूले अध्यक्ष पदका शपथ लिइसकेको जानकारी गराए ।

निरौला नेपाल शिक्षक संघका अध्यक्ष पनि हुन् । यसैगरी सरकारले नयन्द्र खड्कालाई उपाध्यक्ष बनाएको छ । उनी बाग्लुङ निवासी हुन् ।

शपथ ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष निरौंलाले सुकुम्वासीका समस्याहरुलाई हटाउने बताए । उनले सुकुम्वासी समस्याका नाममा धेरै समयसम्म देशमा जटिलताहरु थपिँदै गएकोले आफ्नो नेतृत्वको टीमले ती समस्याहरुलाई हटाउने प्रयत्न गर्ने बताए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार