संखुवासभा, भदौ ३१ । संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको घटनाले नयाँ मोड लिएको छ । अपराध अनुसन्धानमा संलग्न प्रहरीले यसअघि पक्राउ गरेका हत्या आरोपी लोकबहादुर कार्कीका भाई २५ वर्षीय न्ररेशलाई पनि नियन्त्रणमा लिएसंगै घटनामा नयाँ ट्विस्ट देखिएको छ ।

उक्त घटनामा हत्या गरिएकी ३२ वर्षीय बुहारी रञ्जना कार्कीको मोबाइल हत्या आरोपमा पक्राउ परेका लोकेन्द्र कार्कीका भाई नरेश कार्कीको साथ फेला परेपछि नरेशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले नरेशको साथबाट सो मोबाइल बरामद भएपछि घटनामा उनको संलग्नताबारे सोधपुछ सुरु गरेको छ ।

प्रारम्भिक अनुसन्धानबाट हत्या लगत्तै नरेश रञ्जना सुत्ने कोठामा पसेर मोबाइल लिएर हिँडेको देखिएको प्रहरीको दाबी छ । भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।

हत्यापछि संखुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र संखुवासभाका डिएसपी लालध्वज सुवेदीसहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार