नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । आज  एकीकृत समाजवादी पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले यसै हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने बताएका हुने ।

अधयक्ष नेपालले बागमती र प्रदेश १ सरकारको नेतृत्वमा पनि आफूहरुको दाबी रहेको बताएका छन् । उनले एक साताभित्र मन्त्रिरिषद्लाई पूर्णता दिने गरी छलफल भइरहेको बताए । पत्रकारहरुले मन्त्रिपरिषद् कहिले विस्तार हुन्छ भन्ने प्रश्नमा नेपालले भने, ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा छ यसै हप्ता भित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने छ ।’

त्यस्तै अध्यक्ष नेपालले तत्काल कुनै पार्टीसँग एकता नहुने बताए । उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालसहित नेताहरू वेदुराम भुसाल, राजेन्द्र पाण्डे, गंगा तुलाधरलगायतहरू उपस्थित थिए । नेकपा एमालेबाट विभाजन भई नेपाल नेतृत्वमा गत भदौ ९ गते नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार