प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका छन् । यससँगै दलहरुले आ आफ्नो तर्फबाट सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन थालेका छन् । नेकपा माओवादी केन्द्रले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाएको छ। बुधबार बसेको स्थायी समितिले तीन मन्त्री र एक राज्यमन्त्रीको नाम टुंगो लगाएको हो ।

माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्रिमण्डलमा जानेछन् । यस्तै, बोधमाया यादवलाई राज्यमन्त्री बनाउने स्थायी समितिले निर्णय गरेको हो । उनीहरूले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन ।

माओवादीको तर्फबाट यस अघि नै नेताहरू जनार्दन शर्मा र पम्फा भुसाल सरकारमा सहभागी छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार