दयानन्द गोस्वामी

कसरी बदलिन्छ यो ऋतु?
प्रकृतिको रमणीक प्राङ्गणमा
क्षारीय आँशुको त्यो रंगले
स्वाँसको अनु पृष्ठ भूमिमा,
शुष्क अनुभूतिको प्रखाल
कसरी बन्न सक्ला यो मन्मा ?
मरुभूमि झैँ तृष्णित काल
जहिले सम्म रहन्छ शुन्यमा,
बसुन्धराको त्यो हर्ष उत्सव
जहाँ चन्द्र तारा रातचरीहरू,
गित, गजल, राग मल्हारमा
हुन्छन विभोर झुमी झुमी,
मिलन बिछोडको अन्तर्भाव
जसरी बदली नै रहन्छ ऋतु,
त्वरित हुन्छन् नाना तरंगहरू
कहिले फेरि नुपूरको त्यो धुन,
छमछमको सरगम सुनिन्छ
अनी ल्याउँछ प्रेमको संदेश,
रमाएरै बित्यो बैँस जवानी
जीवनको स्नेहिल सावनमा,
कसरी बदलिन्छ यो ऋतु ?
प्रकृतिको रमणीक प्राङ्गणमा

                                                – दयानन्द गोस्वामी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार