–  सुमन सिंह

यहाँ रगत नै बग्छ
तिमी प्रतिरोध गर या शान्त बन
शान्त बन्यौ भने
तिमिलाई उठाउछन छाप्राहरुबाट
उजाडिदिन्छन तिम्रा बस्तिहरु
दगिन्छन गोलिहरु
र बगाइन्छन रक्तधारा तिम्रा शरिरबाट
तिमिले प्रतिरोध गर्यौ भने
तिमिलाइ भनिन्छ देशद्रोही
बनाइन्छ आतंककारि
तिमि माथी आरोपको पहाड खस्न थाल्छ
दागिन्छन गोलिहरु
र बगाइन्छ्न रक्तधारा तिम्रा शरिरबाट
तिमिले प्रतिरोध गरेको समय
अँध्यारो कोठामा बसेर षड्यन्त्र गर्नेहरु
हिम्मत गर्दैन थिए तिम्रा छाप्रामा आगो झोस्न
तिम्रो बस्तिमा डोजर चलाउन
यतिबेला,
दमकमा तिम्रा बस्तिहरु उजाडिएका छन
बुटवलामा तिमि रगत बगाउंदैछौ
अँध्यारो कुनाबाट षड्यन्त्र गर्नेहरु
यतिबेला चल्मलाएका छन
अब प्रतिरोध गर्ने समय भयो
किनकि जीवन त प्रतिरोधमा रहेछ
त्यसैले उठ सुकुमवासी उठ
तिमिले रगत बगाउ नै छ
यहाँ रगत नै बग्छ
र म तयार छु तिमी संगै रगत बगाउन !

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार