सिमकोट- महिना दिन बढीदेखि विद्युत् आपूर्ति हुन नसक्दा सिमकोटमा रहेका इलोक्ट्रोनिक पसल व्यवसायीले एक मोबाइल चार्ज गरेबापत रु १०० लिने गरेका छन् । समयमै विद्युत् मर्मत हुन नसक्दा दसैँको समयमा फोन सम्पर्क तथा शुभकामना आदानप्रदानलगायत अति आवश्यक काम पर्ने भएका कारण रु १०० तिरेर पनि चार्ज गर्नुपर्ने बाध्यता बजारबासीको रहेको छ ।

महँगो रकम तिरेर जेनेरेटर चलाउनुपर्ने भएपछि स्थानीय व्यापारीले रु १०० लिएर मोबाइल चार्ज गरिदिने गरेका छन् । व्यवसायी भने रु ३५० प्रतिलिटर इन्धन किनेर जेनेरेटर सञ्चालन गरिरहेको बताउँछन् । हुम्लामा सञ्चालित दुई रेडियोले पनि आफ्नो प्रसारण बन्द गरेका छन् ।

अवरुद्ध भएको विद्युत् सेवा मर्मत गरेर सञ्चालनमा ल्याउनका लागि नेपाल विद्युत् प्राधिकरण कार्यालयले कुनै चासो देखाएको छैन । वर्षमा एक पटक आउने चाड भएका कारण सबै कर्मचारी दसैँ मनाउन व्यस्त हुँदा सेवाग्राहीले अँध्यारो बस्नुपरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार