हल्दिवारी गाउँपालिकाका ५ वटै वडामा नेकपा एमालेको वडा अधिबेशन सम्पन्न भएको छ । करिब १४ सय सक्रिय सदस्य रहेको नेकपा एमाले हल्दिवारीले आज सबै वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

प्रत्येक वडामा भएको वडा अधिबेशनले वडा कमिटी र प्रतिनिधिहरु सर्वसम्मत चयन गरेको नेकपा एमाले युवा नेता तथा हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिले बताउनु भयो ।

हल्दिवारी गाउँपालिका नेकपा एमालेको झापामै बलियो स्थानीय तहको रूपमा लिने गरिन्छ । गत निर्वाचनमा समेत एमालेले उपाध्यक्ष सहित १ ,३ र ४ मा अध्यक्ष बाहेकको टिम नै जित्न सफल भएको थियोे ।

को को पुगे त ? वडा हाक्ने नेकपा एमालेका नेतृत्वमा हेर्नुस् पूरा विवरण सहित –   

अधिवेशनले वडा नं. १ को अध्यक्षमा सोमनाथ सुवेदी, उपाध्यक्ष काशिनाथ सापकोटा, सचिव खड्ग तामाङ, सहसचिवहरुमा सोम सुवेदी, तीर्थमाया थुलुङ चयन भएका छन् । यस्तै, वडा नं. २ को अध्यक्षमा लक्ष्मी दंगाल, उपाध्यक्षमा विष्णु राई, सचिवमा संजिव राई र सहसचिवहरुमा रोमन प्रसाई र प्रतिमा राजवंशी चयन भएका छन् ।

वडा नं. ३ को अध्यक्षमा अजित विष्ट, उपाध्यक्षमा अशोक मेचे, सचिव बलराम गिरी र सहसचिवहरुमा हरि मिश्र, सर्मिला विक चयन भएका छन् । यसैगरी वडा नं. ४ को अध्यक्षमा शैलेन्द्र सिटौला सर्वसम्मत भएका छन् । उपाध्यक्ष चन्द्र बहादुर राई, सचिव गिता भण्डारी र सहसचिवहरुमा योगेश दाहाल, तुलसी पोखरेल चयन भएका छन् ।

यस्तै, वडा नं. ५ को अध्यक्षमा याम गिरी, उपाध्यक्षमा दिपक तामाङ, सचिव याम बहादुर बस्नेत र सहसचिवहरुमा हरि तिवारी, पुनम भट्टराई सर्वसम्मत चयन भएको उपाध्यक्ष गिरिले जानकारी दिनुभयो ।

आज निर्वाचित गाउँ प्रतिनिधिहरुबाट यहि कात्तिक ९ गते हुने गाउँ अधिबेशनबाट एमाले हल्दिवारी गाउँ कमिटीको चयन गर्ने छ ।करिब ३ सय जना प्रतिनिधिहरु माझ बाट अध्यक्ष लगायतको पदमा निर्वाचन हुने तय छ ।

हल्दिवारी लगायत ७५३ स्थानीय तह तथा ६७४५ वडामा आज एकै साथ अधिबेशन सम्पन्न भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार