सिरहामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । ढिस्कोले पुरिएर ५ जना घाइते भएका छन् । दीपावलीमा घर लिपपोत गर्न आमासँग माटो लिन गएका धनगढीमाई नगरपालिका ५ जयपुरका प्रकाश कामैतको ११ वर्षिया छोरी करिश्मा कुमारीको पुरिएर मृत्यु भएको हो ।

दिपावली पर्व नजिकिँदै गर्दा घर लिपपोत गर्न गाउँ देखि २ सय मिटर परको माईट खुन्मा (माटो लिने ठाउँ) ढिस्को खसेर पुरिएकी उनको स्थानीयले निकाल्ने प्रयास गरेपनि उनलाई जिवितै उद्धार गर्न नसकिएको स्थानीय सन्तोष साहले जानकारी दिए ।ढिस्को परेर मनिषकी आमा ममता देवी कामैत पनि घाइते भएकी छन् । उनको स्थानीय पोली क्लिनिकमा उपचार भईरहेको जनाएको छ ।

त्यसैगरी, ढिस्कोमा परी स्थानिय महिन्द्र महतोको ७ वर्षीय छोरी सरिता महतो, राजकुमार यादवकी ७ वर्षीया छोरी सविता यादब, २६ वर्षिय सीता देवी कामैत र इन्द्रदेव कामैतकी १० वर्षिय छोरी रुवि कामत घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरका सूचना अधिकारी शुवास ढकालले जानकारी दिए ।घाइतेमध्ये राजकुमार यादवकी १० वर्षिय छोरी सविताको स्थानीय स्तरमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगर लगिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार