पछिल्लो चौबीस घण्टामा नेपालमा ६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ९ हजार ४९५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ जना र दुई हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, चौबीस घण्टामा ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ३८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४९५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ८९ हजार १२५ जना पुगेको छ ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १० हजर ८८० र एन्टिजेन विधिबाट ९४ हजार ३०५ जना पुगेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार