चालू आर्थिक वर्ष २०७८र७९ को तीन महिनामा एक अर्ब ५८ करोड रुपैयाँको प्याज आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि असोजसम्ममा उक्त मूल्यको प्याज आयात भएको हो ।

यस अवधिमा ४ करोड ३० लाख १५ हजार किलो प्याज आयात भएको छ । यसबापत सरकारले १४ करोड ३० हजार किलो राजश्व संकलन गरेको छ । आयातितमध्ये सबै प्याज भारतबाट मात्रै आयात भएको विभागले जानकारी दिएको छ ।

यसैबीच, नेपालबाट चालू आर्थिक वर्षको तीन महिनाको अवधिमा कतारतर्फ ८२ हजार रुपैयाँको प्याज निर्यात भएको छ । कतारमा नेपालबाट ५५० किलो प्याज निर्यात भएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार