एएफसी यू – २३ एसियन कप छनोट अन्तर्गतको दोस्रो खेलमा आज (बिहीबार) नेपालले घरेलु टोली ताजिकिस्तान सामना गर्दैछ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे हुनेछ ।

छनोट अन्तर्गत पहिलो खेलमा इरानसँग ४–० ले पराजित भएको नेपाल आज घरेलु टिमविरुद्ध जित निकाल्ने योजनाका साथ मैदान उत्रने छ । एसियन कप छनोटको समूह ‘बी’ मा रहेको नेपालको समूहमा लेबनान, इरान र ताजिकिस्तान रहेका छन् । एसियन कप छनोट अन्तर्गत पहिलो खेल इरानसँग खेलेको नेपालले दोस्रो खेल आज ताजिकिस्तानसँग खेल्न लागेको हो ।

त्यस्तै नेपालले अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्ने छ । पहिलो खेलमा लेबनानमाथि जित निकालेको घरेलु टोली ताजिकिस्तान लगातार दोस्रो जितको खोजीमा हुनेछ । समूहमा ३ अंक जोडेको इरान शीर्ष स्थानमा रहँदा समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै घरेलु टोली ताजिकिस्तान दोस्रो स्थानमा रहेको छ । यस्तै अंक जोड्न नसकेको लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

११ समुहमा रहेको छनोटका शीर्ष टोली सहित दोस्रो स्थानमा रहेका उत्कृष्ट चार टोलीले एएफसी यू –२३ एसियन कप खेल्नेछन् । फाइनल चरणको प्रतियोगिता सन् २०२२ को जुन १ देखि १९ सम्म उज्वेकिस्तानमा आयोजना हुँदैछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार