अमेरिकी डलर साट्ने भन्दै ठगी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ बस्ने २७ वर्षीय मिन बहादुर पाइन छन् । पाइन लगायत ३ जनाले डलर साट्ने भन्दै ठगी गर्न लागेको अवस्थामा पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ ।प्रहरीका अनुसार पाइनले अमेरिकी डलर साट्ने भन्दै पीडितसँग ५ लाख ठगी गर्न लागेका थिए ।

प्रहरीले पाइनलाई ५० दरको ११ थान अमेरिकी डलर, १ दरको १ थान अमेरिकी डलर, २० रुपैयाँ दरको ३ सय ३९ थान नोट, १० रुपैयाँ दरको ३ सय ६७ थान नोट, ४ थान मोबाइल, प्रदेश ०२–३० प ६९१६ नम्बरको मोटरसाइकल र पीडितको ५ लाख रुपैयाँ सहित पक्राउ गरेको हो । फरार अन्य २ जनाको खोजी भइरहेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार