काठमाडौं, ११ कात्तिक

सरकारले १२ वर्षभन्दा माथि उमेर समूहका लागि लगाउने गरी एक करोड डोज खोप ल्याउन बुक गरेको जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले १२ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनीको समूहका नागरिकलाई लगाउने गरी एक करोड डोज कोरोनाभाइरसविरुद्धको खोप बुक गरिसकेको जानकारी दिएका हुन् ।

१८ वर्षभन्दा माथि उमेर समूहकालाई खोप लगाउने अभियान सुरु भइसकेका बेला सो उमेर समूहभन्दा कम उमेर समूहलाई लक्षित गरी सरकारले खोप ल्याउन थालेको हो ।

१२ वर्षमाथिकालाई खोप लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले स्वीकृति दिइसकेको भन्दै मन्त्री खतिवडाले भने, ‘डब्लुएचओले अनुमति दिइसकेकाले १२ वर्षमाथिकालाई लगाउने गरी एक करोड डोज खोप ‘बुक’ गरिसकिएको छ । अमेरिकाबाट खरिद गरेर ल्याउने फाइजर र मोडेर्नाको एक करोड डोजले ५० लाखलाई पुग्छ।’  न्युज कारखाना

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार