चार वर्षदेखि प्रेमसम्बन्धमा रहेका बलिउड स्टार रणवीर कपुर र आलिया भट्टले डिसेम्बरमा बिहे गर्न लागेको चर्चा चलेको छ ।बिहेको तयारीका लागि उनीहरूले बाँकी रहेका केही काम सिध्याउँदै गएको र केही भने २०२२ मा सारेको बताइएको छ । उनीहरूसँगै अभिनीत फिल्म ‘ब्रह्मशास्त्र’ प्रदर्शनको क्रममा छ ।

उनीहरूले दुई वर्षअघि नै बिहे गर्ने योजना बनाएका थिए । कोरोना महामारीका कारण उनीहरूको बिहेपछि धकेलिएको हो । रणवीरका बाबु दिवंगत अभिनेता ऋषि कपुर पनि छोराको बिहे हेर्न चाहन्थे । तर, परिस्थित सहज नभएकाले उनीहरूको बिहे हुन सकेन । अब भने उनीहरूले बिहे गर्ने तयारी गरिसकेको मिडियाहरूको दाबी छ । तर, यसबारेमा आलिया र रणवीरले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

कैटरिना कैफसँग ब्रेकअप भएपछि विक्षिप्त भएका रणवीर आलियासँग प्रेममा परे । आलिया भने रणवीरकी आमा नितु कपुरसँग पनि निकै निकट छिन् । उनी रणवीरको घर आउजाउ गरिरहन्छिन् । नीता पनि रणवीरको आलियासँग बिहे होस् भन्ने चाहन्छिन् । गत वर्षको एउटा अन्तर्वार्तामा रणवीरले कोरोना महामारी नभइदिएको भए आफू र आलियाको बिहे भइसकेको हुने थियो भनेका थिए ।

रणवीरका हजुर बुबा रणधीर कपुरले भने रणवीर र आलियाको बिहेको बारेमा आफूलाई केही पनि थाहा नभएको दाबी गरेका छन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा रणवीरले एक न एक दिन चाहिँ बिहे गर्ने, तर कहिले गर्छन्, त्यो आफूलाई थाहा नभएको बताएका छन् ।

रणवीरले आफ्नो नयाँ फिल्म ‘एनिमल’ को यही वर्षको अन्त्यबाट सुटिङ सुरु गर्ने तयारीमा थिए । तर, उनले एकाएक त्यो फिल्म केही महिनापछि सारेका छन् । आलियाले पनि आफ्ना बाँकी काम नोभेम्बर महिनासँग सक्ने र अर्को सालमा मात्रै नयाँ फिल्म सुटिङ गर्ने बताएकी छिन् । उनले हालै ‘डार्लिङ’ नामक फिल्मको सुटिङ सकाएकी छिन् । उनले बिहेका कारण डिसेम्बर महिनाका कामहरू सबै पछि सारेकी छन् ।    न्युज कारखाना

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार