आर्थिक बर्ष २०७७र०७८ मा तेह्रथुममा तरकारी उत्पादन घटेको छ । एक वर्षमा ६२ हजार तीन सय मेट्रिक टन तरकारी उत्पादन भए पनि अघिल्लो आर्थिक बर्षको तुलनामा चार प्रतिशतले कमी आएको छ ।०७६र०७७ मा ६४ हजार तीन सय १७ मेट्रिक टन तरकारी उत्पादन भएको थियो । गत बैशाखमा आएको असिनाका कारण यसवर्ष तरकारी उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । असिनाले बिक्री हुन लागेको बन्दा र आलु खेतीमा क्षति पुग्दा तरकारी उत्पादन घटेको हो ।

जिल्लाको छथर गाउँपालिकामा अकबरे र तरकारी ब्लग दुई वटा, लालीगुराँस नगरपालिकामा तरकारी ब्लग एक वटा, म्याङलुङ नगरपालिकामा आलुबाली ब्लग एक वटा, मेन्छ्यायेम गाउँपालिकामा तरकारी ब्लग एक वटा गरी जम्मा पाँच वटा ब्लग सन्चालनमा रहेको ज्ञान केन्द्रका प्रविधिक सहायत विशाल राईले जानकारी दिए जिल्लाबाट बन्दा, काउली, अकबरे, स्कुस टमाटर बढी निर्यात हुने गरेको छ । छथर गाउँपालिका, लालीगुराँस नगरपालिका, मेन्छ्यायेम गाउँपालिका र आठराई गाउँपालिकामा उत्पादन भएको तरकारी मात्रै निर्यात हुँदै आएको छ ।

म्याङलुङ नगरपालिका र फेदाप गाउँपालिकामा उत्पादन भएको तरकारी गाउँमै खपत हुने गरेको छ।जिल्लाको गाउँगाउँमा स्थापना भएका कृषक समूह, कृषि सहकारी, तथा व्याक्तिगत फर्महरूमार्फत तरकारी निर्यात गर्दै आएको कृषकहरू बताउँछन् । अन्नबाली भन्दा राम्रो आम्दानी हुने भएकाले जिल्लाको सबै गाउँमा तरकारी उत्पादनमा कृषकहरू आकर्षित हुँदै आएका छन् ।रासायनिक मलको प्रयोग गर्दै आएका किसानहरू पछिल्लो समय अर्गानिक रुपमा खेतीलाई विस्तार गर्दै आएको छथर–१ का दलुमु शेर्पाले बताए । तरकारीबालीमा पनि तेह्रथुममा भने आलु अधिक मात्रामा उत्पादन हुने गरेको छ ।

कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार आब २०७७र०७८ मात्रै ३५ हजार सात सय ४० मेट्रिक टन उत्पादन भएको थियो । तरकारी खेतीले कृषकहरूको जीवनस्तरमा सुधार भएसँगै आधुनिक प्रविधिको प्रयोग गरी उत्पादनलाई जोड दिन थालेका छन् । बेमौसमी तरकारी उत्पादनका लागि प्लाष्टिक घर निर्माण गरी विभिन्न प्रजातीका तरकारी खेती गर्दै आएका छन् ।

एउटै किसानको वार्षिक पाँच लाखसम्म आम्दानी
यहाँका किसानले ५० हजार देखि पाँच लाख रुपैयाँसम्म वार्षिक आम्दानी लिँदै आएको कृषक जंगशेर लिम्बुको भनाइ छ । ‘अन्नबालीले तीन महिना पनि खान पुग्दैनथ्यो, तर तरकारी खेती गर्न थालेपछि परिवार पाल्नुका साथै केहीँ रकम समेत जोहो हुन थालेको छ,’ उनले भने । कृषकहरूलाई अझ व्यावसायीक बनाउन स्थानीय सरकारको सहयोगमा कृषि शाखाहरूले विभिन्न कार्यक्रमहरू सन्चालन गर्दै आएको जनाएका छन् ।

जिल्लामा बन्दा, काउली, अकबरे, स्कुस टमाटर, गाँजर, मुलालगायतका तरकारी उत्पादन हुँदै आएको छ । यहाँका कृषकले पाँच रोपनीदेखि ५० रोपनीसम्मा तरकारी खेती गर्दै आएका छन् । गाउँगाउँमा सडक सन्जालहरू जोडिएसँगै कृषकहरूले उत्पादन गरेको तरकारी निर्यातको लागि सहज बनेको छ । तेह्रथुममा उत्पादन भएको तरकारी पुर्वी तराई धरान, इटहरी, विरानगरका साथै भारतको सिक्किम दार्जिलङलगायतका स्थानमा निर्यात हुने गर्छ । तेह्रथुममा मात्रै तीन हजार २९ हेक्टरमा तरकारी उत्पादन हुँदै आएको छ ।      न्युज कारखाना

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार