काठमाडौं १२ कात्तिक । अवैध लागु औषध सहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका-८ धनेशपुर बस्ने २६ वर्षीय बिजय खत्री रहेका छन् ।उनलाई बिहिबार दिउँसो जिल्लाको मायादेवी गाउँपालिका-४ चाकरचौडाबाट करिब १ सय २४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सिमा प्रहरी चौकी चाकरचौडाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध कारोबार भइरहेको सुचनाको आधार पुगेको प्रहरीले एक्त लागुऔधष सहित निजलाई पक्राउ गरेको हो ।निज माथी  थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार