जलथल ,झापा ,कात्तिक १३ । नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला पुर्व सभापति स्व. रेवतिरमण नेपालको स्मृतिमा उहाँ कि धर्मपत्नी वेदकुमारी नेपाल तथा परिवारले उहाँको नाममा अक्षयकोषको स्थापना गर्नु भएको छ ।

रेवतिरमण नेपाल स्मृति अक्षयकोष ,नेपाल रेडक्रस सोसाइटी झापा जिल्ला शाखा अन्तरगत स्थापना हुने कोषको रकम ५ लाख २ बर्ष भित्रमा पुर्याउने गरि आज विशेष कार्यक्रमका बिच २ लाख रुपैयाको चेक स्वर्गीय नेपाली कि धर्मपत्नी वेदकुमारी नेपालले रेडक्रस जिल्ला सभापति लोकराज ढकाललाई हस्तान्तरण गर्नु भएको छ ।

नेपाल रेडक्रस सोसाइटीमा जिवनको अन्तिम समयसम्म सेवा पुर्याउनु हुने स्व. नेपालको परिवारले अक्षयकोषको स्थापन गरेर उदारणिय काम गरेको जिल्ला सभापति लोकराज ढकालले बताउनु भएको छ ।

उहाँको स्मृतिमा स्थापना भएको कोष मार्फत प्रत्येक बर्ष एक जना रेडक्रस स्वयंसेवकलाई रेडक्रसको साधारण सभाको दिन संमान गरिने ढकालले बताउनु भयो । आज स्वर्गीय नेपालको पहिलो बार्षिक तिथिका दिन आयोजना गरिएको स्मृति अखण्ड पुरानको अवसरमा उक्त कोष स्थापना गर्दै २ लाखको चेक हस्तान्तरण गरिएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार