नेत्र बिक्रम बिमली : हल्दिबारी , १५ कात्तिक । झापाको हल्दिबारी गाउँपालिकामा २०७८ असोज ३१ बाट आएको अविरल बर्षाको कारण १२४५ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमाब क्षती भएको कृषि तथा पशु शाखा प्रमुख शानुमाया श्रेष्ठले जानकारी दिएकी छ्न ।

कृषि शाखाले आज सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार ३ हजार ८ सय ५ घरधुरी परिवारले लगाएको २ हजार ५ सय ५५ हेक्टर जमिन मध्ये १ हजार २ सय ४५ हेक्टर जमिनमा लगाएको धानबालीमा क्षती पुगेको छ । शाखा प्रमुख श्रेष्ठका अनुसार हल्दिवारीका किसानले लगाएको रन्जित ,सर्ना ,कमल जातका धानवालीमा नोक्सानी हुन पुगेको हो ।

अविरल वर्षाका कारण वडा नम्बर १ मा ११०५ घरधुरीले लगाएको ७३९ हेक्टर मध्ये ४६७ हेक्टर ६३ प्रतिशत जमीनको धानबालीमा नोक्सानी पुगेको छ । त्यस्तै वडा नम्बर २ मा ५८७ घरधुरीले लगाएको ४२२ हेक्टर मध्ये १८० हेक्टर ४२.६५ प्रतिशत जमिनको धानबालीमा नोक्सानी भएको हो ।

त्यसैगरी वडा नम्बर ३ मा ६१० घरधुरीले लगाएको ४१९ हेक्टर मध्ये १२१ हेक्टर २९ प्रतिशत जमीनको धानबाली नस्ट भएको छ । त्यस्तै वडा नम्बर ४ मा ९०३ घरधुरीले लगाएको ६८८ हेक्टर मध्ये ३०२ हेक्टर ४४ प्रतिशत जमिनको धानबालीमा क्षती पुगेको हो ।

त्यसैगरी वडा नम्बर ५ मा ६ सय घरधुरीले लगाएको २८७ हेक्टर मध्ये १७५ हेक्टरमा ६१ प्रतिशत जमिनमा लगाएको धानबाली नस्ट हुन पुगेको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार