जलथल : कात्तिक २५ । हल्दिवारी गाउँपालिकामा आजदेखी जनगणना शुरु भएको छ । प्रत्येक १०-१०  बर्षमा हुने जनगणना  १२ औं जनगणना हो ।
जनगणना  गर्न आजदेखी घर – घरमा  गणकहरु पुगेर  ५४ वटा प्रश्न हरुको जवाफ लिनेछ्न ।
हल्दिवारी ४ का वडा अध्यक्ष होम प्रसाद चुडालको घरबाट आज ४ नम्बर ४ को जनगणना शुरु गरिएको  छ ।
 करिव १३ सय घरधुरी रहेको ४ नम्बर वडामा २०६८ को जनगणनामा ६ हजार २  जनसंख्या रहेको वडा अध्यक्ष चुडालले बताए ।
कात्तिक २५ देखि  मङ्सिर ९ गतेसम्म जनगणना गर्न आउने गणकहरुलाई आफ्नो सत्यतथ्य बिवरण उपलब्ध गराई टिपाउन समेत वडा अध्यक्ष चुडालले आह्वान समेत गरेका छ्न ।
हल्दिवारी ४ मा २ जना सुपरिवेक्षक र ६ जना गणकहरुले घरघरमा पुगेर बिवरण सड्ढलन गर्नेछ्न।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार