आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट २०२१ को उपाधिको लागि न्युजिल्यान्ड र अष्ट्रेलिया भिड्ने भएका छन् । दुबै टोली सेमिफाइनलमा आफ्ना प्रतिद्वन्दीलाई हराउदै फाइनल प्रवेश गरेका हुन् ।

फाइनल खेल आगामी आइतबार दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार पौने ८ बजे हुनेछ । न्युजिल्यान्ड इंग्ल्यान्डलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो भने अष्ट्रेलिया पाकिस्तानलाई पराजित गर्दै उपाधि नजिक पुगेको हो । समूह २ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको न्युजिल्यान्डले बुधबार इंग्ल्यान्डलाई ५ विकेट पराजित गरेको थियो भने समूह १ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको अष्ट्रेलियाले पाकिस्तानलाई ५ विकेटले नै पराजित गरेको हो ।

उपाधिको लागि न्युजिल्यान्ड र अष्ट्रेलिया भिड्ने :-

गए राति भएको दोस्रो सेमिफाइनलमा समूह चरणका सबै पांच खेल जितेको पाकिस्तान अष्ट्रेलियासँग स्तब्ध भएको थियो । टस हारेर पहिले ब्याटिंग गरेको पाकिस्तान निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

समूह चरणमा न्युजिल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो भने चार खेलमा जित हात पारेको थियो । त्यस्तै समूह चरणमा अष्ट्रेलियाले पाँच खेल खेल्दै चार खेलमा जित हासिल गरेको थियो ।अष्ट्रेलिया इंग्ल्यान्डसँग पराजित भएको थियो । दुबै टोलीले टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेका छैनन् । त्यसैले दुबै टोलीले उपाधि जित्ने सुन्दर अवसर पाएका छन् ।

Picture :- ICC (Facebook)

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार