सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको गेटमै रोक्ने घोषणा माग गर्दै धर्ना दिन सर्वोच्च अदालत परिसर पुगेका कानुन व्यवसायीहरुलाई प्रहरीले हस्तक्षेप गरेको हो ।

कानुन व्यवसायीहरु सर्वोच्च अदालततर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । प्रहरीले आन्दोलनकारी केही कानुन व्यवसायीलाई पक्राउ गरेको छ । आज बिहानैदेखि सर्वोच्चमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

त्यस्तै बिहीबार पनि सर्वोच्च अदालत परिसरमा आन्दोलनरत वकिल र प्रहरीबीच झडप भएको थियो । झडपमा परी बारका महासचिव लीलामणि पौडेलसहित वकिलहरु रमा कर्ण, मुकुन्द भट्टराई, कुमार शर्मा, प्रकाश महर्जन, रक्षा बस्याल घाइते भएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार