ब्राजिलले कतार फिफा विश्वकपमा स्थान पक्का गरेको छ । शुक्रबार बिहान भएको खेलमा कोलम्वियालाई १-० गोल अन्तरले पराजित गर्दै ब्राजिल दक्षिण अमेरिकी छनोटमा शीर्ष स्थानमा ९ अंकको अग्रता बनाउँदै विश्वकपमा छनोट भएको हो ।

१२ खेलमा ११ जित र १ बराबर खेलेको ब्राजिल ३४ अंक बनाएर ६ खेल बाँकी रहँदै विश्वकपमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा ब्राजिललाई जिताउन लुकास पाक्वेटाले खेलको ७२ मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा इक्वेडरले भेनेजुएलालाई तथा चिलीले पाराग्वेलाई १-० ले पराजित गरेका छन् ।

जितसँगै अपराजित ब्राजिलको शीर्ष स्थानमा छ । ११ खेलमा २५ अंक बनाएको अर्जेन्टिना दोस्रो स्थानमा छ । ईक्वेडर २० अंक सहित तेस्रो स्थानमा रहँदा समान १६ अंक बनाएका चिली, कोलम्बिया र उरुग्वे गोल अन्तरका आधारमा चौथो, पाँचौं र छैटौं स्थानमा छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार