कलाकार हरिवंश आचार्यले आफू जिरोबाट शून्य भएर सयमा पुगेको मानिस भएको बताएका छन् । रेडियो अडियोले हरिवंशको जन्मदिनको अवसर पारेर एक भव्य कार्यक्रमको आयोजना गरेको थियो ।

सो कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै हरिवंशले भने, ‘मलाई पारिवारिक सुख छ । श्रीमती र छोराहरुले असाध्यै माया गर्छन् । परिवारको मायाकै कारणले गर्दा म उभिन पाएँ । किनकी, म जिन्दगीको यात्राको दौरान विचलित भइसकेको थिएँ ।’

उनले, विश्वभर छरिएर रहेका नेपालीहरुको माया आफूले पाएको भन्दै खुशी व्यक्त गरे । हरिवंशले अगाडि भने, ‘सानो भाग्यले यस्तो सम्मान पाउन गाह्रो छ । हुनत म कर्ममा विश्वास गर्छु । तर, कतिपय घटनाक्रमले गर्दा भाग्यमा पनि विश्वास गर्नुपर्छ भन्ने लागेको छ । म जिरोबाट सुरु भएको मानिस हुँ । म जिरोबाट एक हुन चाहन्थेँ । तर, आज म सय हुन पुगेको छु ।’

हरिवंशले आफू ६५ बर्षको भए पनि काम गराइको हिसाबले ४५ बर्षको सोच्ने गरेको बताए । उनले अगाडि भने, ‘म बाँचुञ्जेलसम्म, भगवानले रक्षा गरुन्जेलसम्म, कामबाट विश्राम लिन्नँ । सधै काम नै गरिहनेछु । मैले आजसम्म कसैको एक पैसा खाएको पनि छैन र दिएको पनि छैन ।’

हरिवंशको जन्मदिनमा विभिन्न हास्य कलाकारहरुले शुभकामना दिएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार