म्याड्रिड-ग्रेन क्यानेरियाको एक टापूस्थित समुद्रमा डुगा दुर्घटना हुँदा कम्तीमा पनि आठजना आप्रवासीको ज्यान गएको छ । आइतबार क्यानरे सामुद्रिक किनारमा सो दुर्घटना भएको बताइएको छ । सो डुंगाले कम्तीमा पनि ६२ जना यात्रु बोकेको थियो । त्यस दुर्घटनाका क्रममा ती आठ जनाको ज्यान गएको र अरुको सकुशल उद्धार गरिएको थियो ।

डुगा दुर्घटना भएपछि तुरुन्त उद्धारको काम थालिएको थियो । यस क्रममा सातजनाको शव भेटिएको र अर्का एकजनाको अस्पताल लैजाने क्रममा निधन भएको यहाँका अधिकारीले जनाएका छन्। यस स्थानबाट आप्रवासीहरुले निकै नै जोखिमपूर्ण अवस्थाबाट यात्रा गर्ने गर्दछन् । यसका कारण यहाँ यसअघि पनि कैयौँ आप्रवासीको यात्राकै क्रममा निधन भएको थियो ।यस उत्तरपश्चिमी अफ्रिकी क्षेत्रबाट अवैध रुपमा आप्रवासीहरु समुद्र तर्ने गर्दछन्। तर यहाँ डुंगाको यात्रा निकै असुरक्षित रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार