साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा राम्रो सुधार भएको छ । सोमबार नेप्से परिसूचक २६ दशमलव ४४ अंकले बढेर दुई हजार ७१५ दशमलव ३५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

२२८ कम्पनीकोे चार अर्ब ७३ करोड ४६ लाख बराबरको कारोबार भएको छ । आइतबार पनि सोही रकम बराबरको कारोबार भएको थियो । कारोबारको आधारमा सोमबार सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकको ३५ करोड ४६ लाखभन्दा बढीको कारोबार भएको छ ।

कारोबारमा आएका सबै सूचकमा हरियाली छाएको छ । विकास बैंक र फाइनान्स समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको सुधार भएको छ भने बाँकी सबै समूह शून्य दशमलव ०५ देखि झण्डै दुई प्रतिशतसम्मले बढेको छ ।

नेप्सेका अनुसार सोमबार सेयर मूल्यमा उच्च वृद्धि हुनेमा बोटलर्स नेपाल तराई लिमिटेड, मनुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र मैलुङखोला जलविद्युत कम्पनी छन् । यी कम्पनीहरूको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंकका लगानीकर्ता छन् । यस कम्पनीको सेयर मूल्यमा चार दशमलव ४६ प्रतिशतको गिरावट आएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार