सरकारले चालु आर्थिक वर्ष (२०७८र०८९) को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ । अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आय मात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ ।

यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो । त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागू हुने उल्लेख छ। दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ । व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ ।

दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ । सात देखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागू हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ । २० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागू हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागू हुनेछ ।

करको दर :

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार