ज्ञान मणि भुर्तेल बिर्तामोड ,झापा
दास एकता!
              जिन्दावाद !!
‘ डाई ! उढोग सचिव पुन्य प्रसाड डाहालले सुजाटाको कुरा मान्छ रे ! एक पटक भेटौ न ‘ !!
      भक्तपुर सेरामिक्स संचालक रबिन्द्र प्रजापतिको औद्योगिक समस्या समाधानको बाटो पहिल्याउदै  ‘ सुजाटा मेम ‘ भेट्न पुगियो ! सबै स्वस्ती बाचनमा ब्यस्त थिए ! हामिले पनि स्वस्ती टक्रायौ ! स्वस्ती ग्रहण पछि तोक आदेश बक्स भो – ओ भिष्म जि ! उहाँको कुरो सुन्दिनुस त !
       भीष्म दाईले देख्ने बित्तिकै ३६ साल देखिको परिचयलाई आत्मियतापुर्वक ग्रहण गर्दै केही बेर पर्खिने आग्रह गर्दै अन्तै ब्यस्त हुनु भो ! म बोलें – बुझ्यौ रबिन्द्र ! यी दाई पन्चायतकालिन सुनसरी  काङ्ग्रेस सचिव हुन ! जति बेला मेडम जर्मनिमा समुन्द्री किनारमा सनबाथका साथ बियर खादै थिईन यिनी यता पुलिस कस्टडिमा पन्चायती पुलिसको बुट खादै थिए ! रबिन्द्र अचम्मित भयो !
    अड्रीष्य शक्टी भनेको यै होला है डाई ? बाउ पो प्रढानमन्ट्री हो ट !  छोरी को हो ? होस डाई ! कुरा नगरौं मलाई आट्मग्लानी भो ! म जिल्ल परें !!! मेडमको चुरिफुरी देख्दा एउटा कुमालेलाई समेत आट्मग्लानी हुँदा हामी बेसर्मिको चुईगम चपाउनमै ब्यस्त भयौं ! चुईगम चपाउने क्रम बढ्दै गयो तर हाम्रो थुतुनो थाकेन !!!! बाउ प्रधानमन्त्री छोरिको फुर्ति ! लोग्ने मन्त्री स्वास्निको हालिमुहाली ! काका मन्त्री भतिजोको धम्की ! भिनाजु मन्त्री सालो पिए ! हुँदा हुँदा त ब्वाईफ्रेण्ड मन्त्री  गर्लफ्रेण्ड सांसद !!! हामी गान्धिका बाँदर !!! हामी लाटा भयौं , बहिरा हुँदै गयौ ! चौधौं अधिबेशन सम्म आईपुग्दा त पुर्ण रुपमै अन्धा हुन पुग्यौं !! नेताका कमारा भयौं , दास नै भयौं !! नेताकै अधिनमा प्रतिनिधि चयनका लागि तयार भयौं ! आफ्नो विवेक  प्रयोग गर्ने सामर्थ्य गुमायौ ! आफ्नो ईच्छालाई तिलान्जली दिन  बाध्य भयौं ! नेताको ईसारामा नाच्ने नटुवा हुन पुग्यौं !!
        बर्ष भरी राजधानी बस्ने नेताको मुन्सी झोलामा पैसा बोकेर एयरपोर्ट ओर्लदा स्वागतमा पुग्ने हामी उसको एक रातको ‘ सन्ध्याकालिन आरती ‘ मा सामेल भएकै भरमा उसलाई केन्द्रिय प्रतिनिधि बनाउने अनि नेताको उर्दिको पालना  गर्दै कामत रुग्ने गोठालालाई माथी पठाउने ‘ बौद्धिक काङ्ग्रेस ‘ हुन पुगेका छौं ! आफ्नो हैसियत छैन ! विवेक प्रयोगमा असफल छौं ! आफू एउटा क्षेत्र बाट स्वास्नी अर्को क्षेत्र बाट छोरा अलिपरको कित्ता बाट ! मानौँ काङ्ग्रेस नेताको मौजा हो जो आफ्नो परिवारलाई कित्ताकाट गरेर बाँडदैछ हामी साक्षी किनाराका सदर ! हामी ‘ हस मालिक ‘ भयौ ! आफ्नो कित्तामा  रहेकाको लाई ‘ हात पुर्याईदिने ‘ र बिद्रोही  कित्तामा रहेकोलाई ‘ गोलखाडी लाने ‘ कलब्रेकका छुचुन्द्रे खेलाडी भयौं !!
       सुजाता ‘ काल ‘ बाट सुरु भएको दासताको ओभरडोज का कारण आज हामी स्याउको रुख मुनि बसेका अपाङ्ग बाँदर सरह भएका छौ जो  नेताले उ दिए उ खाने , गु दिए गु खाने , नदिए नखाने तर टाउको माथिको स्याउ टिपेर खाने तागत नराख्ने !
     सभापति भए लगत्तै – अब गणेशमान जि र किशुन जि ले झैं कुनै पनि काङ्ग्रेसिले पार्टी छोड्नु नपर्ने वाणी ओकल्दै गिरिजाकालको दासता अन्तको उद्घघोष गर्ने देउवा ‘ दाई ‘ को दासता स्विकार्दै भाउजुलाई ‘ मेडम ‘ हुँदै नेता बनाईयो अब जयबीर लाई ‘ जयबीर बाबू ‘ भन्दै यता पनि राहुल गान्धी उत्पादनमा तदारुकताका साथ जुट्नुपर्ने दिन आईसकेको छ !
      अल्छी नगरौं ! भक्तपुरे रबिन्द्र झै आट्मग्लानिको चक्करमा नअल्मलिउ ! बेसर्मिको चुईगम चपाउदै दास निर्माणमा जुटौं ! दास एकता कायम रहोस ! दास एकता जिन्दावाद !!!!ज्ञानमणि भुर्तेल 
   जय नेपाल !!
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार