ब्याक्टेरियाको
पक्वान
झिँगाको भान्सा
साङ्ला
र मलसाँप्राको
ब्यञ्जन
तर
यहाँ
चेतनशील
साङ्लाहरू
मानवमस्तिष्कलाई
रछान बनाएर
मौरीको
रूप धारण गर्दै
फूलहरूमा
आसिन छन्।
अनि
मौरीहरू
रछानमा लट्पटिएर
आफ्नो
पहिचान
खोज्दैछ्न् ।
फेरि
एक हुल
सुँगुरहरू
थुतुनो तिखार्दै
त्यही रछान
उधिन्न व्यस्त छन् ।
अनि
स्वर्गको
सपना बाँढेर
बँदेलहरू
नर्कको
स्वादमा
अल्मल्याउँदै छन् ।
अचेल
रछानहरूका
हात पलाएका छन्
खुट्टा पलाएका छन्।
सुन्दर
वस्त्रहरूमा
रछानहरू
सजिएकाछन्
स्वर्णिम
आसनमा बसेर
शब्दका अत्तरले
पुतलीको
लार्भाबाट
झिँगा जन्माउँदैछन् ।।

✍️JK तिम्सिना, झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार