बिस्णु कुमारी घिमिरे : बिर्तामोड , ९ मंसिर । नेपाली काङ्ग्रेसका नेता कृष्ण प्रसाद सिटौला र काङ्ग्रेस प्रवक्ता बिस्वप्रकास शर्मा समुहबिच भोलि १० गते जिल्ला नेतृत्वको लागि निर्वाचन हुँदै छ । दुबैले आ- आफ्नो प्यानलनै बनाएर चुनावी मैदानको प्रचारप्रसार लागेको देख्न सकिन्छ ।

काङ्ग्रेस नेता सिटौला कुनैपनी ठाउँमा भोट मागेर हिडेका छैनन्् भने शर्मा मतदाताको घरघरमै पुगेर प्यानलको लागि भोट मागेको दृश्यले रोचक मोड लिएको छ ।

कुल मतदाता ३३३५ रहेको झामामा सिटौला समुहका ६५ % प्रतिनिधिले जित हासिल गरेको र समुहको बिजय निश्चिति भएको काङ्ग्रेस झापाका युवा नेता तथा क्षेत्र नम्बर ३ का सभापति गणेशमान पोख्रेल बताउछ्न ।

झापाका ५ क्षेत्र मध्य सिटौला निकट २,३,४ र शर्मा निकट १ र ५ क्षेत्रमा सभापति जितेका छ्न भने प्रदेश सभा सभापति भने ७ वटा सिटौला निकट ले जित हासिल गरेका छ्न ।

को को छ्न त ? सिटौला समुहबाट उम्मेद्बारी दिएका पदाधिकारीहरु –

सिटौला समुहबाट देउमान थेवेको नेतृत्वमा उपसभापतिमा शेरबहादुर भट्टराई र केशवराज पाण्डेले उम्मेद्बारी दिएका छ्न । दमक नगरपालिका बस्ने भट्टराई काङ्ग्रेसका पुराना नेता हुन भने पाण्डे पार्टीको जिल्ला कोषाध्यक्ष तथा नेविसंघ संघबाट काङ्ग्रेसको सक्रिय राजनीतिमा लागेको मेची नगर बासिन्दा हुन ।

त्यस्तै सचीवमा नवीन बिमली र कृष्ण हुमगाईले उम्मेद्बारी दिएका छ्न । बिमली नेविसंघको राजनीतिबाट जिल्ला सभापति हुँदै काङ्ग्रेसको क्षेत्रीय सभापति ,महाधिवेशन प्रतिनिधि हुदै सक्रिय राजनीतिमा लागेका युवा हुन । झापाली युवाहरूको पङ्तीमा अहम् भुमिका निभाउदै राजनीतिका साथसाथै सामाजिक गतिविधिमा सक्रिय बिमली झापाली युवाहरू बिच लोकपि्रय छन । अर्को सचीवका उम्मेद्बार हुमागाई सक्रिय पत्रकार हुन , पत्रकारितासगै राजनीतिमा लागेका उनलाई पत्रकार भित्रको चतुर खेलाडीको रुपमा हेरिन्छ ।

त्यसैगरी सिटौला समुहबाट कचनकवलका कलेन्द्र राजवन्सी र कन्काई नपाका कमल भण्डारीले सहसचिवमा उम्मेद्बारी दिएका छ्न । उनिहरु दुबै शिक्षण पेसामा लामो समय बिताएका काङ्ग्रेस भित्रका काङ्ग्रेस हुन ।

जिल्लाकै प्रतिष्ठित काङ्ग्रेस नेताहरू केशवकुमार बुढाथोकी ,गोपाल कुमार बस्नेत ,सुधीर सिवाकोटी ,डिल्ली सिटौला तथा पार्टी सभापति उद्द्व थापाको समेत साथ पाएको थेवे समुहका ६ सारथीहरुको टिमको अगाडि काङ्ग्रेस प्रवत्ता शर्माको समूह फितलो देखिएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार